१४ मंसिर,वीरगञ्ज । रौतहटमा प्रहरीले ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय भोला साह कलवार र वडा–६ का २८ वर्षीय राजेश राई रहेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार, शनिबार चन्द्रपुर नगरपालिका–४ मा फरार अभियुक्त कलवारलाई नियन्त्रणमा लिँदा उनको साथबाट १९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। प्रहरीले जनाए अनुसार कलवार बैंकींग कसुरको फरार अभियुक्त पनि हुन्।
कलवारको बयानका आधारमा राईलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबै जनाविरुद्ध आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ।

















