Logo

१४ मंसिर,वीरगञ्ज । वीरगञ्जमा जारी भिएस पावरप्ले टी–२० च्यालेञ्ज–स्कूल कप २०८२ अन्तर्गत आज सम्पन्न तेस्रो दिनका दुवै खेलहरू रोमाञ्चक बनेका छन्। नारायणी क्रिकेट ग्राउन्डमा भएका खेलहरूले अन्तिम लिग चरणलाई झनै प्रतिस्पर्धात्मक बनाएका छन्।

दिनको पहिलो खेलमा अल्पाइन सेकन्डरी स्कूलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि कादम्बरीका बलरहरूको उत्कृष्ट आक्रमण सामना गर्न असफल रह्यो। अल्पाइन ११.४ ओभरमै ५७ रनमा समेटियो।
जवाफमा कादम्बरीले १२.१ ओभरमा ७ विकेट गुमाउँदै ६१ रन पुर्‍याउँदै ३ विकेटको जित हात पार्यो। कादम्बरीका दिव्यांशु पटेल २.४ ओभरमा ९ रन दिएर ३ विकेट लिए र ‘म्यान अफ द म्याच’ घोषित भए।

तेस्रो दिनको दोस्रो खेलमा ग्रीन ल्याण्ड सेकन्डरी स्कूलले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १२५ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो।जवाफी जवाफी इनिङमा ज्ञानोदय सेकन्डरी स्कूलका खेलाडीहरू नियमित अन्तरालमा विकेट गुमाउँदै १५.२ ओभरमै ७३ रनमा अलआउट हुँदै ५२ रनले पराजित भए।

ग्रीन ल्याण्डका सोयब आलम १२ रन तथा ४ विकेटको उत्कृष्ट प्रदर्शनसहित ‘म्यान अफ द म्याच’ बने। त्यस्तै, ज्ञानोदयका सुरज कुमारले ५ विकेट लिएर ‘म्याच बल अवार्ड’ हात पारे।

समूह ‘ए’का सबै खेल सकिएसँगै ग्रीन ल्याण्ड सेकन्डरी स्कूल समूह विजेता र विद्या सदन सेकन्डरी स्कूल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलका खेलहरू पर्सिदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।

भोलि, प्रतियोगिताको चौथो दिन, अन्तिम लिग खेलहरू हुनेछन्:

  • पहिलो खेल (बिहान ९:०० बजे): कादम्बरी सेकन्डरी स्कूल vs बाल एकता सेकन्डरी इंग्लिस बोर्डिङ स्कूल

  • दोस्रो खेल (१२:०० बजे): अल्पाइन सेकन्डरी स्कूल vs साउथ जोन सेकन्डरी स्कूल

दुवै खेल नारायणी क्रिकेट ग्राउन्डमा निर्धारित समयअनुसार सञ्चालन हुने छन्।


सम्बन्धित समाचार