Logo

१५ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सको चालक दलका एक सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थल मा पक्राउ परेका छन् ।

दोहा प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएको हो,  उनीबाट आठ तोला सुन बरामद भएको पुष्टि गरिएको छ । यो घटना नोभेम्बर २९ को हो, जतिबेला उडान नम्बर आरए २४० दोहाबाट काठमाडौं आइपुग्ने तयारीमा थियो । दोहा विमानस्थलमा भएको भन्सार जाँचका क्रममा तिवारीमाथि सुन फेला परेको र सोही कारण उडान करिब ३५ मिनेटसम्म रोकिएको थियो। नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यस घटनाको पुष्टि गरेका छन् । सुन तस्करीको आरोपमा पक्राउ परेसँगै तिवारीलाई नेपाल एयरलाइन्सले तीन महिनाका लागि निलम्बन गरेको छ ।

यद्यपि, नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भने यस विषयमा आधिकारिक रूपमा आफूलाई जानकारी नभएको बताएकी छन्। एयरलाइन्सका कर्मचारी नै सुन तस्करीमा संलग्न भएको यो घटनाले नेपाल एयरलाइन्सको व्यवस्थापन र कर्मचारी आचारसंहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।


सम्बन्धित समाचार