Logo

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको लामो समयदेखि अनिर्णित रहेको १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर पार्टीभित्र विवाद चर्किएपछि सभापति शेरबहादुर देउवाले आफ्नै गुटका असन्तुष्ट नेताहरूलाई कडा चेतावनी दिनुभएको छ ।

पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि देउवाले पुस अन्तिम साता महाधिवेशन गर्ने गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले ल्याएको मध्यमार्गी प्रस्तावमा सहमति जनाउन निर्देशन दिनुभएको हो । देउवाले आज आफ्नै निवासमा असन्तुष्ट नेताहरूलाई बोलाएर छलफल गर्नुभएको थियो। उहाँले स्पष्ट रूपमा निर्देशन दिँदै भन्नुभयो, ‘कार्यवाहकले ल्याएको प्रस्तावमा सहमति गरौँ। त्यसैमा सहमति गरेर जाने हो। यति गर्दा पनि नमाने जेजे हुन्छ बेहोर्नुपर्ला।’ यसअघि देउवानिकट नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलासहित को समूहले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने अडान लिँदै खड्का र रमेश लेखकले ल्याएको पुसको तालिकामा आपत्ति जनाएका थिए ।

यसरी असन्तुष्टि बढ्दै गएपछि देउवा आफैँ सक्रिय भएर महाधिवेशनको तालिका ल्याउनेमा सहमति जुटाउनुभएको हो । महामन्त्री गगनकुमार थापा लगायतले विशेष महाधिवेशन को माग गरेका कारण असोज २८ गतेदेखि जारी रहेको कांग्रेस केन्द्रीय समिति बैठक विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन भन्नेमा रुमल्लिएको थियो र निष्कर्षविहीन बनेको थियो । अब भने देउवाको निर्देशनपछि आज सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा पुस २६ गते का लागि १५औँ महाधिवेशनको कार्यतालिका पेस हुने निश्चित भएको छ ।


सम्बन्धित समाचार