१५ मंसिर,वीरगञ्ज । विश्व एड्स दिवसको अवसरमा वीरगञ्ज मा एचआईभी/एड्सबाट प्रभावित तथा विपन्न व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरिएको छ। रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसद्वारा आयोजित कार्यक्रममा दर्जनौँ संक्रमित तथा प्रभावित व्यक्तिहरूले कम्बल प्राप्त गरेका छन्।
कार्यक्रम नेपाल आराधना समाजकी अध्यक्ष दीपा कुमारीको अध्यक्षतामा तथा रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष सञ्जय जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा वीरगन्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत प्रसाद साह कानु, शशी रञ्जन कलवार, सौरभ बर्णवाललगायत व्यक्तिहरूको उपस्थिति थियो।
रोटरी क्लबले यस्तो सहयोगले चिसो मौसममा विपन्न र आर्थिक रूपमा कमजोर संक्रमितहरूलाई सहजिकरण हुने जनाएको छ। सहभागीहरूले एड्सबारे सचेतना फैलाउने र संक्रमित व्यक्तिहरूलाई सम्मानपूर्वक साथ दिनु समाजको दायित्व भएको बताएका छन्।

















