१६ मंसिर, काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादव को नियुक्ति र शपथ ग्रहणलाई लिएर दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डे को संयुक्त इजलासमा बिहीबारदेखि सुरु भएको यस मुद्दाको अन्तिम सुनुवाइ सोमबार सम्पन्न भएको हो । मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध दुई वटा सार्वजनिक सरोकारका रिट र मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरू ले समेत छुट्टै रिट दर्ता गरेका थिए ।
सर्वोच्च अदालतले यी तीनवटै रिटमा यसअघि नै अन्तरिम आदेश जारी गरिसकेको छ। सुनुवाइ सकिएसँगै अब मधेस प्रदेशको राजनीतिक भविष्य सर्वोच्च अदालतको फैसलामाथि निर्भर भएको छ ।

















