Logo

१५ मंसिर,वीरगञ्ज । पर्साको बिरगञ्ज महानगरपालिका वडा नं. २५, बहुवरी ड्राइपोर्ट चोकबाट आज दिउसो ३:१५ बजे आफ्नो नाम थर प्रष्ट बताउन नसक्ने र मानसिक अवस्था कमजोर एक जना पुरुषलाई मानवसेवा आश्रम बिरगञ्ज शाखाले उद्धार गरेको छ। उद्धार गरिएको व्यक्तिको उमेर करिब ३५ वर्ष अनुमान गरिएको छ।

उद्धार कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव र प्रहरी चौकी श्रीसियाका प्रहरीहरू उपस्थित थिए।

आश्रममा ल्याएपछि उद्धार गरिएका व्यक्तिको सरसफाई गरी नुहाइ धुहाई गरिएको छ। यसपछि डाक्टर भरत गोईको निगरानीमा औषधि उपचारको व्यवस्था गरिएको छ।

मानवसेवा आश्रमले यस्ता असहाय र कमजोर मानसिक अवस्थामा रहेका व्यक्तिहरूको उद्धार तथा उपचारमार्फत समाजमा सहानुभूति र सुरक्षा सुनिश्चित गर्नका लागि निरन्तर काम गर्दै आएको जनाएको छ।


सम्बन्धित समाचार