Logo

१७ मंसिर, काठमाडौं । नेपाली बजारमा आज, मंगलबार, सुन र चाँदीको मूल्यमा फरक-फरक उतारचढाव देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँले घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसरी सुनको मूल्यमा सामान्य राहत देखिएको छ ।

तर, चाँदीको मूल्य भने उकालो लागेको छ । सोमबार प्रति तोला ३ हजार ५३५ रुपैयाँ मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


सम्बन्धित समाचार