Logo

१६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आफ्नो आन्तरिक प्रशासनिक व्यवस्थापन अन्तर्गत २३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकले सूचना जारी गर्दै ती डीएसपीहरूलाई विभिन्न स्थानमा सरुवा गरेको जानकारी दिएको छ । सार्वजनिक गरिएको सरुवा सूचीअनुसार डीएसपी हरिबहादुर गुरुङ लाई हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामापाटन, पोखरा मा सरुवा गरिएको छ। त्यसैगरी, डीएसपी दिनेशबहादुर रायमाझीको सरुवा एपीएफ इन्टेलिजेन्स ब्यूरो मा भएको छ । प्रधान कार्यालयले अन्य २१ जना डीएसपीहरूको सरुवा पनि विभिन्न युनिट तथा निकायहरूमा गरेको छ ।


सम्बन्धित समाचार