Logo

१६ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई एक सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य दिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रनको बलियो योगफल तयार पारेको हो।

चितवनका डेविड मलान र अर्जुन साउदले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतकीय पारी खेले। मलानले ५४ बलमा ८ चौका र २ छक्का सहित ८० रन बनाए भने साउदले ३९ बलमा ५२ रनको योगदान दिए।

लगातार चार खेलमा पराजित हुँदै अंकतालिकाको पुछारमा पुगेको जनकपुर बोल्ट्सका लागि आजको खेल निर्णायक मानिएको छ। यो खेल जितेमा मात्र उनीहरूको ‘प्लेअफ’ पहुँचको गणितीय सम्भावना बाँकी रहनेछ। हार भोगेमा जनकपुर यस संस्करणको पहिलो प्लेअफबाट बाहिरिने टोली बन्नेछ।

दोस्रो खेल बिहान ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबिच हुनेछ।

मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको दोस्रो संस्करणअन्तर्गत अहिलेसम्म १९ खेल सम्पन्न भइसकेका छन्। अपराजित सुदूरपश्चिम रोयल्स १० अंक सहित तालिकाको शीर्ष स्थानमा कायम छ।


सम्बन्धित समाचार