१६ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको पटेर्वासुगौली गाउँपालिकाबाट जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले १०४ किलोभन्दा बढी गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा जिल्ला मकवानपुर, भिमफेदी गाउँपालिका–८ का २२ वर्षीय भिम स्याङ्तान र मकवानपुरकै मकवानगञ्ज नगरपालिका–७ का २८ वर्षीय कुमार स्याङ्तान रहेका छन्।
पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार बरामद गाँजा बीएबी ९३९८ नम्बरको स्विफ्ट कारभित्र लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको थियो। प्रहरीले गाँजा र कारसहित थप अनुसन्धान सुरु गरेको जनाएको छ।

















