Logo

१६ मंसिर, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका २७ वटा विभिन्न निर्णयहरू मंगलबार सार्वजनिक भएका छन्, जसमा वित्तीय सुशासन, महत्त्वपूर्ण नियुक्ति र वैदेशिक सहायता लगायतका विषयहरू समेटिएका छन् ।

सरकारले अब नगद कारोबारमा कडाइ गर्दै वित्तीय सुशासन कायम गर्न महत्त्वपूर्ण नीतिगत निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेल ले दिएको जानकारी अनुसार, आगामी माघ १ गतेदेखि लागू हुने गरी एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बैङ्किङ प्रणाली वा वित्तीय संस्थामार्फत मात्र कारोबार गर्नुपर्ने गरी सीमा निर्धारण गरिएको छ। यस निर्णयले ठूलो नगद कारोबारलाई निरुत्साहित गरी पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।

यसका साथै, मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण पदहरूमा नियुक्ति तथा मनोनयन गरेको छ । प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्य, लुम्बिनी विकास कोषको सदस्य सचिवमा ई. दीपक श्रेष्ठ, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा. ज्ञान बहादुर थापा, कर्मचारी सञ्चय कोषको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई नियुक्त गरिएको छ ।

त्यस्तै, प्रशासन सेवातर्फ सहसचिव बैकुण्ठ प्रसाद अर्याल लाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । मानवीय सहायताको सन्दर्भमा, बाढी र पहिरोबाट ठूलो क्षति व्यहोरेको श्रीलङ्का सरकारलाई २ लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।


सम्बन्धित समाचार