१७ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिका–१३, एकान्तकुनामा गए राति भएको सवारी दुर्घटनामा एकजना पैदल यात्रीको दुःखद मृत्यु भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार यातायात कार्यालय अगाडि एकान्तकुनाबाट सातदोबाटोतर्फ जाँदै गरेको प्रदेश(३(०१(०२४ च ९६७४ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेकी करिब ४० वर्षीया महिलालाई ठक्कर दिएको थियो । पिकअपको ठक्करपछि पैदल यात्री विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१(०३१ च ४०४२ नम्बरको निजी कारमा ठोक्किन पुगेकी थिइन्, जसले गर्दा उनको मृत्यु भएको हो ।
दुर्घटनाको क्रममा ठक्कर दिई रोकिएको पिकअप गाडीको पछाडिबाट थप दुईवटा मोटरसाइकलहरू (ना ५७ प ३९२१ र प्रदेश–२–०२–००४ प ७२४६ नम्बरका) ठोक्किएर श्रृंखलाबद्ध दुर्घटना भएको थियो । यस दुर्घटनामा ना.५७ प ३९२१ नम्बरको मोटरसाइकलका चालक अनुराग प्रसाद कुशुहवा घाइते भएका छन् । प्रहरीले पिकअप चालक सिन्धुलीका १९ वर्षीय हेमराज विक, कार चालक २८ वर्षीय सुशान्त महर्जन, र ७२४६ नम्बरको मोटरसाइकल चालक १९ वर्षीय सुमित शर्मा लाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

















