Logo

१७ मंसिर, काठमाडौं । नेपाल सरकारले अब पुराना इन्धनबाट चल्ने सवारी साधनलाई वातावरणमैत्री र ऊर्जा दक्षतामूलक प्रणालीमा रूपान्तरण गर्नका लागि कानुनी बाटो खोलिदिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को केही प्रावधानमा तीन वर्षको लागि छुट दिने महत्त्वपूर्ण निर्णय गरेको छ । यस निर्णयसँगै, सवारी धनीहरूले आफ्नो पेट्रोल वा डिजेलबाट चल्ने सवारीको इन्धन प्रणाली परिवर्तन गरी विद्युतीय वा अन्य वैकल्पिक ऊर्जा प्रणाली मा रूपान्तरण गर्न सक्नेछन् ।

यसअघि, उक्त ऐनको दफा ३९ को उपदफा ९२० ले सवारी साधनको मौलिक स्वरूप, इन्जिन वा चेसिसमा हेरफेर हुने गरी कुनै पनि परिवर्तन गर्नमा पूर्ण रूपमा रोक लगाएको थियो, जसकारण इन्जिन नै फेर्ने गरी हुने विद्युतीय रूपान्तरणका लागि कानुनी अड्चन थियो। तर, सरकारले सोही ऐनको दफा १७६ ले दिएको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गर्दै पुरानो प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पारेको हो। राजपत्रको सूचना अनुसार, ुइन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमाु दफा ३९ को उपदफा (२) को प्रतिबन्ध तीन वर्षसम्म लागू हुने छैन, जसले सवारी रूपान्तरणलाई कानुनी अनुमति प्रदान गरेको छ।


सम्बन्धित समाचार