Logo

१७ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेसँगै अख्तियारले यस प्रकरणमा संलग्न मानिएका अधिकारीहरूलाई पक्राउ प्रक्रिया अघि बढाएको हो। सोही क्रममा महानिर्देशक अधिकारीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ।

स्रोतका अनुसार पक्राउ परेका अधिकारीलाई म्याद थपका लागि अहिले विशेष अदालतमा प्रस्तुत गरिएको छ। मुद्दा दर्ता प्रक्रिया अघि बढेसँगै यस प्रकरणमा थप पक्राउ र अनुसन्धान अघि बढ्ने संकेत देखिएको छ।


सम्बन्धित समाचार