Logo

१७ मंसिर, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम ले नेपाली युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नका लागि काम गर्न पाउने उमेर हदलाई घटाउनुपर्ने माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा काम गर्नका लागि १८ वर्ष पुग्नुपर्ने हालको व्यवस्था हटाएर १६ वर्ष उमेर पुगेका व्यक्तिले पनि काम गर्न पाउनुपर्ने कानुनी प्रावधान बनाउन जोड दिएका हुन् ।

गौतमले आफ्नो मागको समर्थनमा अमेरिका लगायत अन्य धेरै देशहरूमा १६ वर्षमै काम गर्न पाउने व्यवस्था रहेको सन्दर्भ उल्लेख गरेका छन् । उनले नेपाली युवाहरू विश्वभर छरिएको र उनीहरूले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु आवश्यक रहेको औँल्याए । उनले भने, ‘हाम्रो करिब ६० लाख युवाहरू संसारभर बाँडिएका छन्। उनीहरूले श्रमशक्तिबाट प्राप्त गरेको पैसाले देश चलिरहेको छ। रोजगारी एउटा ठूलो अवसर हो।’ त्यसैले, सरकारले ऋणमाथि ऋण थुपार्ने भन्दा पनि युवाहरूलाई स्वदेशमै रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।


सम्बन्धित समाचार