१७ मंसिर, काठमाडौं । उर्जा, सहरी विकास र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आफूलाई जुनसुकै राजनीतिक पार्टीको घोषणासभामा प्रमुख अतिथिको रूपमा बोलाए पनि त्यसमा सहभागी हुने प्रष्टोक्ति दिएका छन् ।
बुधबार उज्यालो नेपाल पार्टीको घोषणा सभा मा सहभागी भएपछि उनको सहभागितामाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । हाल चुनावी सरकारको मन्त्रीको हैसियतमा रहेका कारण उनको राजनीतिक दलको कार्यक्रममा सहभागितालाई लिएर चासो बढेको थियो । घिसिङले आफ्नो सम्बोधनका क्रममा आफूले पहिले चलाएको ‘उज्यालो अभियान’ का अभियानकर्मीहरूले नै अहिले ‘उज्यालो नेपाल पार्टी’ को नाम दिएर नयाँ पार्टी गठन गरेकोमा खुसी व्यक्त गरेका छन् ।
उनको यो भनाइले मन्त्रीको रूपमा आफ्नो जिम्मेवारी र व्यक्तिगत रूपमा नयाँ राजनीतिक पहलहरूप्रति आफ्नो समर्थनलाई सन्तुलित गर्न खोजेको देखिन्छ ।

















