१८ मंसिर, काठमाडौं । गत जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त जनसेवामा कार्यरत प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन महिनापछि दुई जना आरोपीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० का ४१ वर्षीय नीरज चित्रकार र काठमाडौं–१० का ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् । उनीहरूले आन्दोलनका बेला अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी कर्मचारीलाई घेराबन्दी गरी कुटपिट गरेको आरोप छ ।
अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले दिएको जानकारीअनुसार पक्राउ परेकामध्ये नीरज चित्रकार यसअघि नै ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका व्यक्ति हुन् । प्रहरीमाथि हातपात गर्ने कार्यमा संलग्न यी व्यक्तिहरूको गिरफ्तारीले कानुनी राज्यको पालना गर्ने सन्देश दिएको छ ।

















