Logo

१८ मंसिर, काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा आज बिहान साइकलसहित मृत फेला परेका युवकको सनाखत भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार मृतक युवक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ निवासी ललित गिरी हुन् । अनामनगरको मदन भण्डारी कलेज नजिकै धोबी खोलामा उनको शव भेटिएको थियो, जसको पहिचान साथमा रहेको कागजातबाट भएको हो । प्रहरीको प्रारम्भिक अनुमानअनुसार ती युवक गएराति पुलमा रेलिङ नभएको कारण साइकलसहित खोलामा खसेको हुनसक्छ।

उनको टाउकोमा गहिरो चोट देखिएकाले पुलबाट खस्दा ढुंगामा टाउको ठोक्किएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइसकिएको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी भट्टराईले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार