१८ मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो उत्कृष्टतालाई कायम राख्दै फेरि एकपटक प्रतिष्ठित ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको छ ।
लण्डनमा आयोजित एक विशेष समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज न्यौपानेले यो अवार्ड ग्रहण गरेका हुन् । विभिन्न १३२ मुलुकका प्रतिष्ठित बैंकहरूले प्राप्त गर्ने यो सम्मान नेपालबाट सिटिजन्स बैंकको पोल्टामा परेको छ । प्राविधिक स्तरोन्नति, नयाँ प्रडक्टहरूको सफल सुरुवात, वित्तीय समावेशीकरणमा बैंकले लिएको अग्रसरता र दिगोपनमा पारेको प्रभावजस्ता पक्षहरूलाई मुख्य आधार मानेर डिसेम्बर ४ का दिन यो अवार्ड प्रदान गरिन्छ ।
यसअघि सन् २०२४ मा पनि यही सम्मान पाएको सिटिजन्स बैंकको यो लगातारको उपलब्धिले ग्राहक, सेयरधनी र कर्मचारीहरूको बैंकप्रतिको अटूट विश्वास र बैंकको सशक्त कार्यसम्पादनलाई प्रतिविम्बित गरेको सीईओ न्यौपानेले बताएका छन् ।

















