१९ मंसिर, काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा तोलमा ९ सय रुपैंयाले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो । हिजो तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको छ । यसैगरी, सुनसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको छ ।
हिजो तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तीन हजार पाँच सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ । सुन र चाँदी दुवैको भाउ घट्दा लगानीकर्ता तथा उपभोक्ताहरूलाई केही राहत मिलेको छ ।

















