Logo

१९ मंसिर,वीरगञ्ज । माओवादी केन्द्रमा नेतृत्व शैली, पार्टी सञ्चालन र विचारगत विचलनप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टीका विभिन्न जिम्मेवारी सम्हालेका सात जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा नयाँ राजनीतिक शक्ति प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्र.लो.पा.) मा प्रवेश गर्ने घोषणा गरेका छन्।

आज मिति २०८२/०८/१९ सम्मको आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै उनीहरूले माओवादी आन्दोलनमार्फत सङ्घीयता, सामाजिक न्याय र समानुपातिक समावेशीताजस्ता मुद्दाका लागि लागिरहे पनि पछिल्ला वर्षहरूमा पार्टी “गैर–कम्युनिस्ट ढंगले सञ्चालन हुँदै गएको” आरोप लगाएका छन्।

नेताहरूका अनुसार “केन्द्रीयताको नाममा कोटको गोजीबाट नेतृत्व छान्ने प्रवृत्ति, पुरानै पुस्ताको एकाधिकार र नयाँ पुस्ताको आवाज दबिँदै जाने” स्थितिले उनीहरूलाई वैकल्पिक राजनीतिक बाटोतर्फ धकेलेको हो।समानुपातिक प्रतिनिधित्व, निशुल्क शिक्षा–स्वास्थ्य, रोजगारी, सुशासन, सामाजिक न्याय र आधुनिक समाजवादी मार्गका पक्षमा नयाँ विचारसहित जनस्तरमा जाने लक्ष्यसहित उनीहरूले प्र.लो.पा. रोजेको घोषणा गरेका हुन्।

प्र.लो.पा. मा प्रवेश गर्ने नेताहरू:
१. बालकृष्ण श्रेष्ठ – नेवाः राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रिय उपाध्यक्ष
२. अमिताभ बच्चन दास – पूर्व नेकपा माओवादी केन्द्र, प्रदेश नं. २ क्षेत्रीय इञ्चार्ज
३. सन्तोष राज घिमिरे – पूर्व माओवादी केन्द्र नेता
४. सुनिल रौनियार – पूर्व माओवादी केन्द्र, प्रदेश नं. २ क्षेत्रीय संयोजक
५. दिनेश प्रसाद यादव – पूर्व माओवादी केन्द्र, कालिकामाई गाउँपालिका
६. फनिद्र प्रसाद गुप्ता – युवा नेता
७. गायत्री सिंह – अखिल क्रान्तिकारी, केन्द्रिय लेखा आयोग उपाध्यक्ष

नेताहरूले नयाँ संगठनमार्फत क्षेत्रीय, जातीय, लैङ्गिक तथा वर्गीय मुद्दाहरूलाई समाहित गर्दै “नेपाली समाजवाद” प्राप्तिको अभियान अघि बढाउने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित समाचार