Logo

१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल गर्नका लागि ओली शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि यी दुई शीर्ष नेताहरूबीच यो पहिलो प्रत्यक्ष भेटवार्ता हो, जसलाई वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ । नेताहरूको सचिवालयले जनाएअनुसार, दुई नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको छ ।


सम्बन्धित समाचार