Logo

१९ मंसिर,वीरगञ्ज ।मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश मुख्यमन्त्री नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यादव सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनसहित उनले पद ग्रहण गरेका हुन्।

पूर्व मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

गत कार्तिक २३ गते राति, एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो। तर, सातदलीय गठबन्धनले सो नियुक्ती सर्वोच्च अदालतमा रिट दायर गरी चुनौती दिएका थिए। सर्वोच्च अदालतले मङ्सिर १५ गते तीनवटा रिटको सुनुवाइ गर्दै तत्कालीन सरकारलाई २४ घण्टाभित्र विश्वासको मत लिन र लिन नसके अर्को सरकार गठनका लागि आदेश दिएको थियो।


सम्बन्धित समाचार