Logo

१९ मंसिर,काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका विषयमा छलफल गर्न बैठक आह्वान गरेकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र वातावरणसम्बन्धी विषयमा छलफल भइरहेको छ। बैठकमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थित रहेको छ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिएअनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरूसहित निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू उपस्थित छन्।


सम्बन्धित समाचार