२१ मंसिर, काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ दशमलव ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकले यस पटक नगद लाभांश मात्र वितरण गर्ने भएको छ । यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।

















