२२ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ मा भएको व्यवस्था अनुसार आयोगले हरेक वर्ष आफ्नो काम, कारबाही र सिफारिससहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने प्रावधान रहेको छ ।
















