Logo

२१ मंसिर, काठमाडौं । बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता प्राप्त गर्न नसकेपछि आत्महत्या गरेको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

यस घटनाबारे सार्वजनिक चासो र चिन्ता बढेपछि गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा मन्त्रालयले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

सहसचिव पन्थीको संयोजकत्वमा समिति

आइतबार मन्त्रालयमा भएको सचिवस्तरीय निर्णय अनुसार गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । यस समितिमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल सहित एक जना सदस्य रहने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले समेत गृहमन्त्री अर्याललाई घटनाको सत्यतथ्य बुझ्न निर्देशन दिनुभएपछि मन्त्रालयले तत्काल समिति गठन गरेको हो ।

पाँच दिनभित्र प्रतिवेदन पेश गर्न आदेश

गठित समितिलाई बर्दिया घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ । यस प्रतिवेदनले घटनाको वास्तविक कारण र यसमा कसैको कमजोरी रहेरनरहेको पत्ता लगाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार