Logo

२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी मंसिर २७ गते देखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आम सहभागिताका लागि विशेष पहल थालेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट एमाले सदस्यहरूको घरघरमा महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै पत्र (पर्चा) पठाउन सुरु गरिएको छ ।

गम्भीर चुनौतीको समयमा ऐक्यबद्धताको आह्वान

पार्टीको जनपरिचालन कमिटीका सचिव तथा बागमती प्रदेशका इञ्चार्ज डा.राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट भएर जानुपर्ने आवश्यकता महसुस गराउनका लागि अध्यक्ष ओलीको यो पहल भएको बताउनुभयो । अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको ‘सङ्कट’ विरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ को रूपमा व्याख्या गर्नुभएको छ ।

सल्लाघारीमा विशेष उपस्थिति गराउने योजना

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र यही मंसिर २७ गते दिउँसो १२ः३० बजे भक्तपुरको सल्लाघारीमा हुँदैछ। उद्घाटन कार्यक्रमलाई भव्य बनाउनका लागि एमालेले बागमती, गण्डकी र मधेश प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई विशेष रूपमा उपस्थित गराउने योजना बनाएको सचिव डा. भट्टराईले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार