२१ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज सिंहदरबार परिसरको अवलोकन गरेपछि प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले हालै जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएका र क्षति पुगेका सरकारी संरचनाहरू अवलोकन गर्न सिंहदरबार भ्रमण गर्नुभएको थियो । सोही क्रममा दुई उच्च व्यक्तित्वबीच भेटघाटको चाँजोपाँजो मिलाइएको हो। भेटका क्रममा उहाँहरूबीच मुलुकको समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनको तयारीका सम्बन्धमा सरकारले गरिरहेका कामकारबाहीबारे छलफल भएको बताइएको छ ।
















