Logo

u08sL, @) dªl;/ M kf]v/f cGt/fli6«o ljdfg:ynsf] 6ld{gn ejg /fli6«o uf}/jsf] cfof]hgf kf]v/f If]qLo cGt/fli6«o ljdfg:ynsf] 6ld{gn ejg . ljdfg:ynsf] ^^ k|ltzt sfd ;DkGg ePsf] 5 . tl:a/M xl/ afF:tf]nf÷/f;;

२१ मंसिर, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणको अनुसन्धान टुंग्याउँदै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले यस प्रकरणमा पाँच जना पूर्वमन्त्री र १० जना पूर्वसचिव हरूलाई समेत प्रतिवादी बनाउँदै कुल ५५ जनाविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले यो राष्ट्रिय गौरवको आयोजनामा करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

पूर्वमन्त्री र सचिवहरू प्रतिवादी

मुद्दामा प्रतिवादी बनाइएका पूर्वमन्त्रीहरूमा कांग्रेस नेता तथा तत्कालीन अर्थमन्त्री रामशरण महत सहित तत्कालीन पर्यटनमन्त्रीहरू पोष्टबहादुर बोगटी (दिवंगत), दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्य रहेका छन् । यसैगरी, सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनी लगायत १० जना पूर्वसचिवहरू लाई पनि प्रतिवादी बनाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी (जो नलिन्चोक हेलिपोर्ट भ्रष्टाचारमा समेत प्रतिवादी छन्) पनि यो मुद्दामा तानिएका छन् ।

लेखा समितिको प्रतिवेदनपछि अख्तियार सक्रिय

सन् २०६५ देखि अध्ययन सुरु भई २०७९ मा निर्माण सम्पन्न भएको यो विमानस्थलमा भएको घोटालाका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले २०८२ वैशाखमा करिब १० अर्ब भ्रष्टाचार भएको दाबीसहित प्रतिवेदन बुझाएपछि अख्तियारलाई थप अनुसन्धानका लागि निर्देशन दिइएको थियो । समितिले प्रतिवेदन बुझाएको सात महिनापछि अख्तियारले अनुसन्धान सकेर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


सम्बन्धित समाचार