Logo

२१ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पनि मुछिएका छन् ।

यसअघि भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण सम्बन्धी भ्रष्टाचार मुद्दामा पनि उनी प्रतिवादी बनेका थिए र सोही मुद्दामा उनलाई अख्तियारले नियन्त्रणमा लिएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अहिले पोखरा विमानस्थल घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ५६ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दासम्बन्धी आरोपपत्र लगेको छ। महानिर्देशक अधिकारीविरुद्ध अहिले विशेष अदालतमा दुवै भ्रष्टाचार मुद्दाको सुनुवाइ भइरहेको छ ।


सम्बन्धित समाचार