Logo

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो आगामी महाधिवेशनको प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय निर्वाचन समितिमा दुई सदस्यहरू मनोनयन गर्नुभएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लमजुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई केन्द्रीय निर्वाचन समितिको सदस्यमा मनोनयन गरिएको हो ।

पार्टी विधान–२०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम गठन गरिएको यो समितिले आगामी निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य सञ्चालन, व्यवस्थापन र प्रक्रियालाई निष्पक्ष तथा व्यवस्थित बनाउने जिम्मेवारी पाएको छ ।


सम्बन्धित समाचार