२२ मंसिर,काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले आज जारी गरेको सूचनामा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा तीन दिनभित्र राख्न भनिएको छ। उनीहरूलाई जेनजी सुशासन योद्धाका रूपमा सम्मान गर्ने पनि सूचनामा उल्लेख छ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार आइतबार मात्रै यो निर्देशन जारी भएको हो। त्यसपछि मन्त्रालयका शाखा अधिकृत पदमबहादुर खत्रीको हस्ताक्षरमा सबै प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयहरुलाई पत्राचार गरी नामावली तीन दिनभित्र राख्न भनिएको छ।
यस कदमले जेनजी आन्दोलनका शहीदहरूको स्मृति सम्मान गर्ने र उनीहरूको योगदानलाई सार्वजानिक रूपमा स्मरण गराउने प्रयासको भाग भएको बताइएको छ।














