Logo

२२ मंसिर,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्न मङ्सिर २४ र २५ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पार्टी भित्रको आन्तरिक विवाद समाधान, महाधिवेशनबाट नयाँ कार्यसमिति हस्तान्तरण, र संगठन सुदृढीकरणका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।

पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिएअनुसार, मुलुकको परिवर्तित राजनीतिक परिस्थिति, फागुन २१ मा तय भएको निर्वाचन, वैचारिक ध्रुवीकरण, सुरक्षा अवस्था र सडकमा देखिएको असन्तुष्टिको विषयमा पनि बैठकमा छलफल हुनेछ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्नेछन् भने महामन्त्री डा. धवलशम्शेर जबराले पार्टीको रणनीति र भावी कार्यदिशाबारे प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

साथै, बैठकमा युवा सहभागिता वृद्धि, पार्टी निकट जनवर्गीय संगठनको समीक्षा, नेताहरूको जिम्मेवारी बाँडफाँड, र पार्टीले उठाएका मुद्दाहरूको स्थापित गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।


सम्बन्धित समाचार