Logo

२२ मंसिर,काठमाडौं । चार महिनाका छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो कि असई कार्कीलाई हत्या गरेर भाग्ने क्रममा नागढुङ्गाबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, सिनामङ्गलमा बस्दै आएका कार्कीले आफ्नै छोराको घाँटी थिचेर हत्या गरेका छन्। हत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार