Logo

 २३ मंसिर,काठमाडौं । जापानमा सोमबार राति ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार राति ११:१५ बजे यो भूकम्प गएको हो। अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै ३ मिटरसम्म अग्ला छाल आउन सक्ने जानकारी दिएका छन्।

सुनामीको चेतावनी विशेषगरी प्रशान्त क्षेत्रका होक्काइडो, आओमोरी र इवाते प्रान्तहरूमा जारी गरिएको छ। भूकम्पको केन्द्रबिन्दु करिब ५० किलोमिटर गहिराइमा रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य हुनुपरेको छ। स्थानीय अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन् र नागरिकहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन सल्लाह दिएका छन्।

जापानका प्रधानमन्त्री साने ताकाइचीले भने, “आफ्नो भूकम्पको तयारीको पुनः मूल्यांकन गर्नुहोस् र झट्का महसुस भएमा तुरुन्तै सुरक्षित स्थानमा जान तयार रहनुहोस्।” अहिलेसम्म करिब ९० हजार मानिसहरूलाई घर खाली गर्न आदेश दिइएको छ।


सम्बन्धित समाचार