Logo

 २३ मंसिर,काठमाडौं । नेकपा एमालेले आफ्नो ११औं महाधिवेशनमा विभिन्न १६ राजनीतिक दललाई आमन्त्रण गरेको छ।

एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा–नेपाल), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा–नेपाल), र राष्ट्रिय जनमोर्चालाई निम्ता दिएको छ।

साथै जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, र नागरिक उन्मुक्ति पार्टीलाई पनि महाधिवेशनमा सहभागी हुन आमन्त्रित गरिएको छ।

अतिथि सत्कार समितिका सदस्य सुनिता बरालका अनुसार, उद्घाटन सत्रमा १६ दलका प्रमुख नेताहरूलाई उपस्थित हुन आमन्त्रण गरिएको छ। एमालेले आफ्नो महाधिवेशनको तयारीलाई तीव्रता दिँदैछ।


सम्बन्धित समाचार