२३ मंसिर,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल ६५ वर्षे उमेरहदका कारण सोमबारदेखि अवकाश भएका छन्।
सिलवाल चार वर्ष १० महिना अख्तियारको आयुक्तका रूपमा कार्यरत थिए। उच्च अदालतका न्यायाधीश रहिसकेका सिलवाल उच्च अदालत पोखराका कामू मुख्यन्यायाधीश पदबाट राजिनामा दिएपछि संवैधानिक परिषदले उनलाई अख्तियारको आयुक्तमा सिफारिस गरेको थियो। उनी २१ फागुन, २०७७ मा अख्तियारको आयुक्त नियुक्त भएका थिए।
सोमबार अख्तियारमा आयोजित विदाई कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले सिलवाललाई विदाई गरेका थिए। सिलवालको अवकाशपछि अख्तियारमा एक आयुक्तको पद रिक्त भएको छ।
४१ वर्ष सार्वजनिक सेवामा रहेका सिलवाल अख्तियारमा नियुक्त हुनुअघि करिव ११ वर्ष उच्च अदालतको न्यायाधीश थिए। त्यसभन्दा पहिले उनी २५ वर्षसम्म त्रिभुवन विश्वविद्यालय र अन्य कलेजमा कानूनको प्राध्यापन गर्दै आएका थिए। सिलवाल काठमाडौं स्कूल अफ लका संस्थापक मध्ये एक पनि हुन्।















