Logo

२३ मंसिर,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २२औँ भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै सम्पत्ति छानबिन र पारदर्शिता सुनिश्चित गर्नुपर्ने माग दोहोर्याएका छन्।

प्रचण्डले भने, “हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीनको माग मैले संसद्को रोष्टमबाटै समेत गरेको थिएँ र आज यस दिवसमा फेरि सशक्त रूपमा दोहोर्याउँछु।”

उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनाएको स्मरण गर्दै, दलाल, बिचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुगेको र पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र पनि सफल भएको बताउनुभयो। तर त्यस अवधिमा सुशासनका महत्वपूर्ण मानकहरू स्थापना भएको उनले बताए।

प्रचण्डले सन्देशमा भनिएको छ, “भ्रष्टाचार विरुद्धको लडाइँ एक दिनको अभियान होइन, यो निरन्तरको सङ्घर्ष हो। यस दिवसले सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति थप जिम्मेवार बनाउन प्रेरित गर्दछ।”

संयोजक प्रचण्डले भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई सशक्त बनाउन यो दिवसले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।


सम्बन्धित समाचार