२३ मंसिर,वीरगञ्ज ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा–१ बाट जिल्ला सभापति हरी पन्तलाई उम्मेदवार बनाउने प्रबल सम्भावना रहेको छ। पार्टीभित्र स्वच्छ छवि र प्रभावशाली संगठन क्षमताका कारण पन्त प्राथमिकतामा रहेका छन्।
यद्यपि पर्सा–२, ३ र ४ मा आकांक्षी धेरै रहेका कारण पार्टीले अहिलेसम्म त्यहाँका सम्भावित उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छैन।
उम्मेदवारीबारे सोध्दा सभापति पन्तले भने, “रास्वपाको उम्मेदवार छनोट विधि अन्य पार्टीभन्दा भिन्न भएकाले अहिले निर्णायक रूपमा केही भन्न सक्दिनँ। तर, पार्टीले अपनाउने प्रक्रिया अनुसार म जहाँबाट भए पनि चुनावमा लड्न तयार छु।”















