Logo

२३ मंसिर,वीरगञ्ज । सर्वोच्च अदालतले मधेस प्रदेश सभा सांसद कंचन विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार यो आदेश सुनाएको हो।

विच्छा हाल राप्रपाकी सांसद हुन् र यसअघि एमाले नेतृत्वको सरकारमा मन्त्री रहिसकेकी थिइन्। पार्टी निर्णयबिना सरकारले सहभागी भएकाले राप्रपाले उनलाई स्पष्टीकरण सोधेर कारबाही गरेको थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विच्छालाई तत्काल सरकारबाट फिर्ता आउन निर्देशन दिएका थिए।

विच्छाले राप्रपाको कारबाहीविरूद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सर्वोच्चले मंगलबार यसबारे कारण देखाउ आदेश जारी गरेको छ।


सम्बन्धित समाचार