२४ मंसिर,काठमाडौं । आज सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा २ सय रुपैयाँले बढेर २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य २ लाख ५१ हजार ९ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि एकै दिनमा १ सय ५० रुपैयाँले वृद्धि भई तोलाको ३ हजार ७ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। हिजो चाँदीको भाउ ३ हजार ६ सय रुपैयाँ थियो। यसअघि मंसिर १७ गते चाँदी तोलाको ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।















