२४ मंसिर,काठमाडौं । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ। बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको अन्तिम सूची अनुमोदन गरेको हो।
बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी २,१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ सदस्यले पनि महाधिवेशनमा सहभागिता जनाउनेछन्।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुने तय भएको छ।















