Logo

२४ मंसिर,काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

भण्डारीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, “साथीहरूको जिज्ञासा मेरो धारणा हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित छ। तर, देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपमा अघि बढ्न तयार छु।”

उनले थप लेखेका छन् कि साथीहरूको सुझाव, समयको माग र राजनीतिक परिस्थितिलाई सम्मान गर्दै कदम चाल्ने योजना रहेको छ।


सम्बन्धित समाचार