Logo

२४ मंसिर,काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले भने, “जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको छ। त्यसको सम्मानका साथ हामी एकचित्त भएर काम गरिरहेका छौं।”

उनले सरकारले जेनजी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको जानकारी दिइन्। साथै, मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरू समाधान हुनेगरी आवश्यक बजेटको व्यवस्था गर्ने तयारी भइरहेको समेत उनले बताइन्।

मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सर्वत्र आवश्यक औषधि र उपचारको सुविधा उपलब्ध गराउने कामलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिइन्।


सम्बन्धित समाचार