Logo

२४ मंसिर,काठमाडौं । देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले सञ्चालन गरेको आन्दोलन  फिर्ता भएको छ। भन्सार एजेन्ट महासंघका अनुसार, २३ मंसिरबाट सुरु भएको आन्दोलन भन्सार विभागसँगको सहमतिसँगै अन्त्य भएको हो।

भन्सार विभागले जनाएको छ कि महासंघले पेश गरेका मागहरू व्यवस्थापन सुधार र विभाग तथा कार्यालय स्तरमा सम्बोधन हुने प्रकृतिका रहेका छन् र ती क्रमशः कार्यान्वयन गरिनेछन्।

साथै, नियमावलीमा सम्बोधन गर्नुपर्ने मागहरू अर्थ मन्त्रालयलाई जानकारी गराइने निर्णय पनि भएको छ।

भन्सार ऐन २०८२ का कतिपय प्रावधानले एजेन्टको पेशागत हक, काम गर्ने सहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा असर पुर्‍याउने भन्दै उनीहरूले आन्दोलन सुरु गरेका थिए।


सम्बन्धित समाचार