Logo

२४ मंसिर, काठमाडौं ।सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच आज (बुधबार) साँझ ६ बजे औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। हस्ताक्षर कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सगरमाथा हलमा हुनेछ। प्रधानमन्त्री सुशीला कार्कीकी प्रेस सल्लाहकार राम रावलका अनुसार सम्झौता हस्ताक्षर समारोहमा जेनजी पक्षका प्रतिनिधिहरू, आन्दोलनका घाइते तथा मृतकका परिवारहरू समेत सहभागी हुनेछन्।

अन्तरिम सरकार गठन भएको तीन महिना बितिसकेपछि सरकारले पहिलोपटक जेनजी आन्दोलनलाई लिखित रूपमा मान्यता दिने प्रक्रियामा प्रवेश गरेको हो। आन्दोलनले उठाएका मागहरूलाई समेटेर तयार गरिएको बुँदागत सहमति आज हस्ताक्षर हुने बताइएको छ।

जेनजी आन्दोलनका प्रतिनिधिहरूले आफ्नो आन्दोलनको औपचारिक दस्तावेजीकरण र सरकारी मान्यता अनिवार्य हुनुपर्ने माग गर्दै आएका थिए। सरकार र आन्दोलनबीचको लगातारको छलफलपछि आज सम्झौतामा पुग्न लागिएको हो।

सम्झौतामा जेनजी पक्षले अघि सारेका मुख्य मागहरू समावेश गरिएको उच्च सरकारी स्रोतले जनाएको छ।


सम्बन्धित समाचार