Logo

२४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ। कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको काठमान्डु १९ ओभर १ बलमै १११ रनमा अलआउट भएको हो।

काठमान्डुका सन्तोष यादवले सर्वाधिक २३ रन जोडे भने अन्य ब्याट्सम्यानहरूले ठूलो मोडिना सकेनन्। बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले प्रभावकारी प्रदर्शन गर्दै समान ३–३ विकेट हात पारे।

इलिमिनेटरको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ। हारने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

आठ टोली सहभागी एनपीएलमा काठमान्डु समूह चरणमा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै इलिमिनेटरमा पुगेका थिए।

यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरिसकेको छ। प्रतियोगिताको दोस्रो संस्करणको फाइनल आउँदो शनिबार हुनेछ ।


सम्बन्धित समाचार