Logo

२५ मंसिर, काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल हुँदैछ। दिउँसो ४ बजे हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

लिग चरणमा लुम्बिनी लायन्ससँग ५ विकेटले पराजित भएको विराटनगर किङ्स आज जितसहित त्यस पराजयको बदला लिन खोज्दै छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको विराटनगरका लागि आजको खेल ‘कर या मर’को स्थितिमा रहेको छ।
सो जितसँगै सुदूरपश्चिमले शनिबार हुने उपाधि भिडन्तमा स्थान सुरक्षित गरिसकेको छ।

यता गत संस्करणको तुलनामा यसपटक उत्कृष्ट फर्ममा देखिएको लुम्बिनी लायन्स पनि उपाधि प्रतिस्पर्धामा उत्रिने लक्ष्यसहित महत्वपूर्ण जित खोज्दै मैदान प्रवेश गर्न तयारी अवस्थामा छ। लुम्बिनीले हिजो (बुधबार) सम्पन्न ‘एलिमिनेटर’मा काठमाण्डु गुर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।

आजको भिडन्तबाट विजयी हुने टिमले शनिबार फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।


सम्बन्धित समाचार